
ताप्लेजुङ । खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शव संकलन गर्न सुरक्षाकर्मीहरुले ठूलो चुनौति मोलेका छन् ।
निरन्तर बर्षा र हिमपातका कारण बुधबारदेखि शव संकलनमा खटिएका सुरक्षा अधिकारीहरुले सुकेटार विमानस्थलबाट घटनास्थलसम्म हेलिकप्टरमार्फत पुग्न निकै ठूलो समस्या ब्यहोरेको बताएका छन् ।
मौसम खराव भएपछि बुधबार सबैको शव संकलन गर्न सकिएको थिएन ।
सुकेटार विमानस्थलमा अहिले पनि हिमपात भएको छ । ताप्लेजुङको मौसम केहीबेर खुल्ने र बदली हुने भइरहेको छ । जसले गर्दा भिजिविलिटिको समस्या देखिएको छ ।
बुधबार दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको थियो ।
“
प्रतिक्रिया दिनुहोस्