
काठमाडौं । बुधबार दिउँसोबाट बढेको चिसोको कारण देशैभरको जनजीवन प्रभावित बनेको छ ।
अत्याधिक बढेको चिसोको कारण काठमाडौं आसपास पनि हिमपात भएको छ ।
नगरकोट, फुल्चोकी, दामनलगायतका स्थानमा बाक्लो हिमपात भएको हाम्रा स्थानीय संवाददाताहरुले जनाएका छन् । यो बर्ष दामनमा हिमपात भएको चौथो पटक हो ।
यता, रसुवाको सदरमुकाम धुन्चेमा यो बर्ष दोस्रो पटक हिमपात भएको छ ।
बुधबार साँझबाट जिल्लाको दक्षिणी भेगमा बर्षा भएको छ भने जिल्लाको उत्तरी क्षेत्रमा हिमपात भएको छ ।
जिल्लाको पार्वतीकुण्ड, गोसाइँकुण्ड, नौकुण्ड तथा उतरगया गाउँपालिकाको विभिन्न स्थानहरुमा बाक्लो हिमपात भएको हो ।
सदरमुकाममै हिमपात भएपछि हिउँ खेल्न आउनेको संख्या बढेको छ ।
प्रतिक्रिया दिनुहोस्