
काठमाडौं । मौसम खराव भएपछि ताप्लेलुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको शव संकलन गर्न समस्या भएको छ ।
वर्षा र हिमपात भएपछि दुर्घटनास्थलबाट सबै शव संकलन गर्न नसकिएको हो ।
अहिलेसम्म पर्यटनमन्त्री अधिकारीसहित चार जनाको शव दुर्घटना स्थलबाट एयर लिफ्ट गरी सुकेटार विमानस्थलमा ल्याइएको छ ।
बाँकी तीन जनाको शव अहिले पनि दुर्घटना स्थलमा नै रहेको छ । दुर्घटना स्थलमा हेलिप्याड बनाउन नसकेपछि शवलाई एयर लिफ्ट गर्नु परेको हो ।
मौसम खराव भएपछि बुधबार राती अबेरसम्म शव संकलनको प्रयास सफल हुन सकेन । आज विहानबाट पुनः शव संकलनको प्रयास थालिएको छ ।
बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो ।
सबै शब संकलन भएपछि मात्रै काठमाडौं ल्याउने तयारी नेपाली सेनाले गरेको छ ।
हिजो दिउसो भएको हेलिकोप्टर दुर्घटनामा पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस्