Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


पर्सामा मधेसकेन्द्रितसहित ४० दल दर्ता


0
Shares

आउँदो वैशाख ३१ गते स्थानीय तहको निर्वाचनका लागि मधेसकेन्द्रित दलसहित ४० दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराएका हुन् ।

दल दर्ताका लागि आह्वान गरिएको सूचनाको आधारमा संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी (तमासपा), नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले कार्यालयमा दल दर्ता गराएको जिल्ला निवार्चन कार्यालय पर्साका प्रमुख हुमनाथ पोखरेलले जानकारी दिए ।

त्यस्तै, दल दर्ता गराउनेमा नेपाल सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनाअधिकार फोरम लोकतान्त्रिकलगायत ४० दल रहेको निवार्चन अधिकृत पोखरेलले जानकारी दिए ।

उनले सरकारले घोषणा गरेको स्थानीय तहको निवार्चनलाई सम्पन्न गर्न जिल्ला निर्वाचन कार्यालयले सम्पूर्ण तयारी पूरा गरिसकेको पनि बताए । रासस