
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य मंगलबार तोलामा २ सय रुपैयाँले ओरालो लागेर तोलाको ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १२ सय ४५ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्