२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


भारतीय वायुसेनाको विमान दुर्घटना


0
Shares

नयाँ दिल्ली, फागुन १५ । भारत प्रशासित जम्मु कश्मीरको बडगाम नजिकै भारतीय वायुसेनाको विमान एक्कासी जमिनमा खसेर दुर्घटना भएको छ ।

बुधबार बिहान उडिरहेको अवस्थामा सो विमान खसेको हो । मंगलबार पाकिस्तानी क्षेत्रमा भारतीय वायुसेनाले हवाई आक्रमण गरेको थियो ।

भारतीय संचारमाध्यमका अनुसार दुर्घटना भएको विमानका दुई पाइलटको समेत मृत्यु भएको छ । भारतीय वायुसेनाको विमान यसअघि दुर्घटना हुँदा अधिकांश घटनामा पाइलट ज्यान जोगाउन सफल भएका छन् । बुधबार भएको दुर्घटनामा भने दुवै पाइलटको मृत्यु भएको बताइएको छ ।