
काठमाडौं, फागुन १४ । पूर्वराष्ट्रपपति डा. रामवरण यादवले अदालत निष्पक्ष हुन नसके लोकतन्त्र दिगो हुन नसक्ने बताएका छन् ।
सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार डा. रामकृष्ण तिमल्सेनाको ‘अदालत भित्र अदालत बाहिर’ नामक पुस्तकको मंगलबार राजधानीमा विमोचन गर्दै उनले ‘न्यायालयले राम्रोसँग काम गर्न सकेन भने संघीय प्रणाली बचाएर लैजान सकिँदैन’–भने ।
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले आवधिक चुनावलेमात्र गरिबी अन्त्य हुन नसक्ने भन्दै भ्रष्टाचार यही गतिमा नै बढ्दै जाने हो भने देशमा सुशासन सम्भव नहुने बताए ।
पूर्वप्रधानन्यायधीश रामकुमार साह र मीनबहादुर रायमाझीले अदालत मर्यादित नभएको र न्यायालयप्रति जनताको आस्थासमेत घट्दै जानु चिन्ताको विषय भएको उल्लेख गरे ।
पूर्वरजिष्ट्रार डा. तिमल्सेनाको पुस्तकमा कानुनी सेवा तथा अदालतभित्र र अदालतबाहिर रहँदाका विषयहरु समेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्