
अर्घाखाँची, फागुन १४ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९, अल्गाटारीमा मंगलबार एक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
गुल्मीको अर्खबाङ्बाट सन्धिखर्क हुँदै बुटवल जाँदै गरेको लु१ख ७३६६ नम्बरको यात्रीवहाक बस ‘ब्रेकफेल’ भइ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये गम्भीर दुईजनालाई उपचारका लागि काठमाडौं र भैरहवा पठाइएको छ ।
अरुको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्