
-अनिल तिवारी/ईमेज
वीरगन्ज । वीरगन्जमा गर्न लागिएको अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम तीव्र पारिएको छ ।
नेपालमै पहिलो पटक हुन लागेको अश्वमेध गायत्री महायज्ञको तयारीका कारण वीरगन्जको चहलपहल बढेको छ । शहर अहिले झकिझकाउसमेत भएको छ ।
वीरगञ्जको आर्दशनगरमा यही फागुन १९ गतेदेखि २२ गते सम्म अश्वमेध गायत्री महायज्ञ हुन गईरहेको छ ।
जसको तयारी समेत अन्तिम चरणमा प्ुगेको आयोजकले जनाएका छन् ।
नेपालमै पहिलो पटक हुन लागेको महायज्ञलाई सफल बनाउन नेपाल तथा भारतबाट आएका स्वयम् सेवकहरु खटिएका छन् ।
वीरगञ्जको आदर्शनगर रंगशालामा भव्य पन्डालको निर्माण कार्यदेखि सडक मर्मतसम्मको कामहरु भईरहेका छन् ।
४६ औं महायज्ञको रुपमा वीरगञ्जमा गर्न लागिएको आयोजक गायत्री परिवारले जनाएको छ ।
धार्मिक उद्देश्यले नभइ समग्र नेपालको कल्याणका लागि वैज्ञानिक र अध्यात्मिक हिसाबले महायज्ञ गर्न लागिएको गायत्री शक्तिपीठका संयोजक एवँ वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी बताउँछन् ।
यज्ञमा सहभागी हुने ४–५ लाख व्यक्तिलाई हवन गर्न २ सय ५१ कुण्डीय भव्य यज्ञशाला र देव संस्कृतिलाई दर्शाउने एउटा विशेष प्रदर्शनी समेतको तैयारी अन्तिम चरणमा पुगेको छ ।
यज्ञमा सहभागी हुन आउने पर्यटकको लागि खाना, बस्ने सुविधा समेत शक्तिपीठले मिलाएको छ ।
आध्यात्मिक ज्ञान दिन यज्ञ अवधि भर २० वटा भन्दा बढी कार्यशाला गोष्ठीको आयोजना गरिने र ख्याति प्राप्त प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् ।
यज्ञ सफल बनाउन ३ हजार कार्यकर्ता स्वयँसेवक, २ हजार सुरक्षाकर्मी परिचालन गरिने गायत्री परिवारका श्री भगवान सिंहको भनाइ छ ।
२४ थरी जडीबुटी र घ्यूबाट मिश्रित हवनमा उत्पन्न हुने वायुले गर्दा ४० किलोमिटरसम्म वातावरण प्रदूषण मुक्त हुने वैज्ञानिक मान्यतासमेत लिइएको छ ।
यज्ञस्थल वीरगञ्जको आदर्शनगर रगंशालामा महायज्ञको लागि भूमिपूजन गरिएको हो ।
यज्ञले प्रकृतिको चक्रलाई नियमित गर्ने, शारीरिक, मानसिक रोगव्याधिको उपचार गर्ने दावीसमेत आयोजकको छ ।
“
प्रतिक्रिया दिनुहोस्