कांग्रेस केन्द्रीय समितिको मंगलबार सम्पन्न बैठकले सीमांकनबाहेकका भाषा, राष्ट्रियसभामा प्रतिनिधित्व र नागरिकताको विषयमा संविधान संशोधन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
सीमांकनको टुंगो गर्न भने शक्तिशाली आयोग गठन गर्ने निर्णय कांग्रेसले गरेको केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिए ।
कांग्रेसले स्थानीय तहको निर्वाचनमा उम्मेदवार उठाउने जिम्मेवारीसमेत पार्टीका स्थानीय समितिहरुलाई नै दिएको छ ।
गाउँपालिकामा उम्मेदवार चयनको जिम्मा क्षेत्रीय कार्यसमितिले केन्द्रीय सदस्य, जिल्ला समिति, सांसदहरुको परामर्शमा तय गर्नेछ ।
यस्तै, नगरपलिकामा भने जिल्ला कार्यसमितिले सबै पक्षसँगको परामर्शमा उम्मेदवार तय गर्नेछ ।
महानगरपालिका र उपमहानगरपालिकामा भने केन्द्रीय कार्यसम्पादन समितिले नै उम्मेदवारको टुंगो लगाउने निर्णय भएको पनि नेता रिजालले बताए ।
कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टी नेता तथा कार्यकर्ताहरुलाई एकजुट भएर जान निर्देशनसमेत दिएको छ ।
यस्तै, कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो बनाउने संकल्पसमेत गरेको छ ।





प्रतिक्रिया दिनुहोस्