
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले आज मधेशी र थारु आयोगका प्रस्तावित अध्यक्षको सुनुवाइ गर्ने भएको छ ।
समितिको आज दिउँसो २ बजे बस्ने बैठकमा दुवै आयोगका प्रस्तावित अध्यक्षको सुनुवाइ गर्न लागिएको हो ।
संवैधानिक परिषद्ले मधेशी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरेको थियो ।
यसअघि आइतबार बैठकका लागि कोरम नपुगेपछि समितिको बैठक आजका लागि सारिएको थियो ।
आज दुई वटा आयोगका प्रस्तावित अध्यक्षको सुनुवाई सकिएपछि आजै चार वटै संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन गर्ने/नगर्ने निर्णय हुने समिति सचिवालयले जनाएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा प्रस्तावित बालनन्द पौडेल र राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा प्रस्तावित शान्तराज सुवेदीको संसदीय सुनुवाइ भइसकेको छ ।
परिषदको गत माघ ६ गते बसेको बैठकले ५ वटा संवैधानिक आयोगको अध्यक्षको नाम सिफारिस गरेको थियो ।
यद्यपी मस्लिम आयोगका लागि प्रस्तावित अध्यक्ष समिम अन्सारी विरुद्ध नागरिकता लगायत विषयमा उजुरी परेकाले छानबिन जारी रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्