
सर्लाही । सर्लाहीमा जंगली जनावरबाट पीडित बनेका स्थानीयलाई पर्सा राष्ट्रिय निकुञ्जले राहत दिने भएको छ ।
सर्लाहीका किसानलाई पछिल्लो समय बँदेल, नीलगाई, हरिण, हात्तीलगायतका जंगली जनावरले दुःख दिन थालेका छन् ।
जंगली जनावरले किसानको खेतबारीमै पसेर क्षति पुर्याउँदै आएका छन् । कति किसान त बालीनाली जोगाउन खेतमै बाससम्म बस्नुपर्ने बाध्यतामा छन् ।
जंगली जनावरले बढी क्षति पुर्याउन थालेपछि डिभिजन वन कार्यालय सर्लाहीले किसानलाई केही राहत पुगोस् भनेर जनावरबाट पीडित भएकाहरुको तथ्यांक संकलन गरी पर्सा राष्ट्रिय निकुञ्जमा राहतका लागि सिफारिस गरेको हो ।
क्षतिको प्रमाणका आधारमा निकुञ्जले किसानलाई राहत उपलब्ध गराउने छ ।
जंगली जनावरले सर्लाहीको ईश्वरपुर, लालबन्दी, बरहथवा, हरिपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकामा क्षति पुर्याउँदै आएको छन् ।
प्रतिक्रिया दिनुहोस्