Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


देशभर ३ करोड कित्ता जग्गा


0
Shares

काठमाडौं, फागुन १४ । नेपालमा जग्गा कित्ता र जनसंख्या लगभग बराबरीजस्तै देखिएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार व्यक्तिगत, सरकारी, सार्वजनिक र गुठी गरी देशभर तीन करोड कित्ता जग्गा रहेको छ ।

तर सरकारी अभिलेखमा जग्गा प्रशासन प्रणालीभित्र दर्ता नभएको ऐलानी जग्गा भने नसमेटिएको मन्त्रालयले जनाएको छ । ऐलानी जग्गाबारे यकिन तथ्यांक खोज्ने काम भइरहेको मन्त्रालयका प्रवक्ता जनक जोशी बताउँछन् ।

देशभर नापी र मालपोत कार्यालयहरुले जग्गा प्रशासन प्रणालीभित्र दर्ता भएको जग्गालाई डिजिटल प्रणालीमा लैजाने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । –नागरिक दैनिकबाट