
काठमाडौं, फागुन १३ । सांस्कृतिक एकता, सामाजिक सहिष्णुता एवं पर्यावरणीय सन्तुलनका लागि यही फागुन १९ देखि २२ गतेसम्म वीरगन्जमा अश्वमेघ गायत्री महायज्ञ हुने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महायज्ञबारे जानकारी गराइएको हो ।
अखिल विश्व गायत्री परिवारको आयोजना तथा वीरगन्ज महानगरपालिकाको सहयोग र समन्वयमा महायज्ञ गर्न लागिएको र महायज्ञमा नेपालसहित विभिन्न ४० देशबाट तीन लाखभन्दा बढी भक्तजन सहभागी हुने वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले बताए ।
महायज्ञको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्