
काठमाडौं, फागुन १३ । तेस्रोपटक नेपालमा थेरवादी बौद्ध परम्पराअनुसार कुलपुत्र प्रव्रज्या सुरु भएको छ ।
सोमबार ललितपुरको नागबहालमा नेपालको थेरवाद बौद्ध पुनःजागरणकालका प्रथम संघमहानायक भिक्षु प्रज्ञानन्द महास्थविरको ११९औं जन्मजयन्तीको अवसरमा सो समारोहको आयोजना गरिएको हो ।
नेपाली र थाइ भिक्षुहरुले सामूहिकरुपमा थेरवादी परम्पराअनुसार केशत्याग गरी प्रव्रज्या सुरु गरेका हुन् ।
प्रव्रज्यामा सहभागीहरु मंगलबार काठमाडौंबाट लुम्बिनी जाने र फागुन १७ गते भगवान् बुद्धको जन्मस्थल लुम्बिनी बगैंचामा एक हजार ११९ जनाले प्रव्रज्याग्रहण गर्ने जनाइएको छ ।
आगामी चैत ३ गतेसम्मका लागि उनीहरु भिक्षु बन्ने र बौद्धशिक्षा पालन गर्ने जनाइएको छ ।
उनीहरु लुम्बिनीबाट काठमाडौं फर्किएपछि सम्पन्न हुने प्रव्रज्यामा नेपाली, थाइ, भारतीय र फिलिपिनीहरु सहभागी भएको जनाइएको छ ।
सोही अवसरमा उनीहरुले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भिक्षाटन गर्ने र महासंघदानसमेत गरिने जनाइएको छ ।
“
प्रतिक्रिया दिनुहोस्