७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


‘आईओएम’ डीन नियुक्तिको निर्णय फिर्ता नलिए आन्दोलन गर्ने डा. केसीको चेतावनी


0
Shares

काठमाडौं, असार ५ । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)मा वरिष्ठताको रोलक्रम मिचेर डीन नियुक्त गरिएको भन्दै विरोध गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयले गत बुधबार प्रा. डा. दिव्या सिंह शाहलाई डीन नियुक्त गरेको थियो ।

डा. केसीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै वरिष्ठताको आधार भत्काएर सरकारले आफूखुसी कार्यकर्ता भर्ती गराएको आरोप लगाएका छन् ।

वरिष्ठताको आधारमा नै डीनलगायतका नियुक्त गराउन बारम्बार आन्दोलन गर्दापनि सरकारले फेरि नियम मिचेर डीन नियुक्त गरेको भन्दै डा. केसीले निर्णय फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

आईओएमको डीन नियुक्त गरिएकी डा. शाह प्रधानमन्त्रीका निजी चिकित्सक हुन् भने संस्थाको वरीयताक्रममा ३३औं नम्बरमा छिन् ।

निवर्तमान डीन डा. जगदीश अग्रवाललाई डा. केसीको आन्दोलनपछिको सहमतिको आधारमा वरिष्ठताक्रमअनुसार डीन बनाइएको थियो ।