१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


नेकपाको स्थायी समिति बैठक आज बस्दै


0
Shares

काठमाडौं, असार २१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्नेभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ३ बजे बस्ने स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, सरकारका कामको समिक्षा, पार्टीको सांगठनिक परिस्थितिलगायतका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई परिमार्जनसहित पुनः संसद्मा पेश गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेटबारे पार्टी भित्रैबाट आलोचना भइरहेका बेला बस्ने लागेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको बैठकलाई महत्वका साथ हेरिएको छ ।