काठमाडौं, फागुन १२ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आइतबार नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ ।
झडपकाक्रममा एक दर्जन बढी विद्यार्थी नेता तथा कार्यकर्ता घाइते भएका छन् । झडपकाक्रममा सन्चारकर्मीसमेत घाइते भएका छन् ।
संस्थापन पक्ष र नेता कृष्णप्रसाद सिटौला समूहका विद्यार्थीबीच नेविसंघमा ३२ वर्षे उमेर हदको विषयलाई लिएर विवाद हुँदै आएको छ ।
संस्थापन पक्षका विद्यार्थीहरु नेविसंघमा ३२ वर्षे उमेर हद ल्याउन नहुने पक्षमा छन् भने सिटौला समूह त्यसको विपक्षमा छ ।
सोही विषयलाई लिएर दुई विद्यार्थी समूहले पार्टी कार्यालयमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले लाठीचार्ज गरेको छ ।
नेविसंघ विघटन भएपछि महाधिवेशनका लागि तदर्थ समिति गठन गर्नुपर्ने भएपनि पार्टीभित्र ३२ वर्षे उमेरहदका विषयमा सहमति जुट्न सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्