Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, विधान र नेविसंघबारे छलफल हुने


0
Shares

काठमाडौं, फागुन १२ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । 

पार्टी कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा विधानका विषयमा सहमति जुटाउन प्रयास गरिने बताइएको छ । महासमिति बैठकले अनुमोदन गरेको विधान केन्द्रीय समितिले पारित गर्न नसक्दा कांग्रेसमा किचलो हुँदै आएको छ ।

विधानमा सहमति जुटाउन यसअघि बिहीबार बोलाइएको बैठक नेताहरुबीच सहमति जुट्न नसकेपछि बैठक नै बस्दै नबसी स्थगित गरिएको थियो । शीर्ष नेताहरुले आफ्नो स्वार्थअनुसारका विषय विधानमा समावेश गर्ने तयारी गरेकाले सहमति जुट्न नसकेको हो ।

यस्तै बैठकमा नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनका विषयमा समेत छलफल हुने बताइएको छ । नेविसंघ विघटन भएपछि महाधिवेशनका लागि तदर्थ समिति गठन गर्नुपर्ने भए पनि पार्टीभित्र ३२ वर्षे उमेर हदका विषयमा सहमति जुट्न सकेको छैन ।