Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


सिरियामा सैन्य कारवाहीबारे अमेरिका आन्तरिक तयारी गर्दै


0
Shares

ओबामा प्रशासनभन्दा फरक ढंगले सिरया मामला सुल्झाउने दाबी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समय असद नेतृत्वको सरकार रासायनिक हतियार प्रयोग गरी आमसर्वसाधारणको हत्यामा संलग्न भएपछि आक्रोशित बनेका हुन् ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले यसैको संकेत गर्दै आगामी दिनमा सिरियामा अब असदको कुनै भूमिका नहुने कडा प्रतिक्रिया दिएका छन् । उनले अबका सबै राजनीतिक गतिविधि असदलाई सिरियाबाट हटाउनेमा केन्द्रित गरिने प्रष्ट गरे ।

सिरियाका नागरिकको सुरक्षा जरुरी रहेको भन्दै अमेरिकाले सिरियामाथिको सम्भावित सैन्य कारबाहीबारे रक्षा मन्त्रालय र राष्ट्रपति कार्यालय ह्वाइट हाउसबीच छलफल नै थालेको दावी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले गरेका छन् ।

छलफलमा सिरियाका नागरिकको सुरक्षित बसोबासका बारेमा कुराकानी भएको अमेरिकी अधिकारीले बताएका छन् ।

विदेश मन्त्री टिलरसनले मंगलबार सिरियामा गरिएको रासायनिक आक्रमण गम्भीर भएको र यसको जवाफ त्यही अनुसार नै दिनुपर्ने प्रष्ट गरे ।

उक्त रासायनिक आक्रमणमा २७ बालबालिकासहित धेरै मारिएका थिए । असदलाई अपदस्थ गर्नेबारेमा अमेरिकाले आफ्ना सहयोगी राष्ट्रहरुसँग पनि छलफल गरिरहेको टिलरसनले बताए । (एजेन्सी)