
विश्व स्वास्थ्य दिवसको अवसरमा सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा चिकित्सकहरुले यस्तो सुझाब दिएका हुन् ।
डिप्रेशनवारे खुलेर चिकित्सककोमा आएर उपचार गरे आत्महत्याका घटना नियन्त्रण गर्न सकिने प्रतिष्ठानको मानसिक रोग विभागका डा.मधुर बस्नेतले बताए ।
डा.बस्नेतका अनुसार डिप्रेशनका प्रमुख लक्षणहरुमा मन एकोहोरो हुने, निरन्तर उदास रहने, कुनै कुरामा रुची नहुनेु, रमाउन नसक्ने, शारीरिक कमजोरी तथा शिथिलता र शरीर भारी हुने गर्दछ ।
डिप्रेशन भएका मानिसहरुलाई जीन्दगी नै बेकार भएको जस्तो लाग्ने र आत्महत्याको सोचाइ आएपछि आत्महत्याको प्रयास गर्ने भएकोले डा.बस्नेतले यसबारे खुलेर कुरा गरे समयमै रोकथाम हुने बताए ।
प्रतिक्रिया दिनुहोस्