Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


सरकार हरेक क्षेत्रमा असफल : देउवा


0
Shares

पोखरा, फागुन ११ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको दाबी गरेका छन् ।

शनिबार प्रेस युनियन कास्कीको नवौं जिल्ला अधिवेशनको पोखरामा उद्घाटन गर्दै उनले सरकारले चिप्ला र ठूला कुरा गर्ने तर काम केही नगर्दा जनता निराश बनेको बताए ।

सभापति देउवाले विभिन्न बहानामा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन सुरु भएको भन्दै कानुन बनाएर प्रेसमाथि हस्तक्षप गर्न खोजिएको आरोप लगाए ।

उनले २००७ सालदेखि नै लोकतन्त्रको पक्षमा लड्दै आएको कांग्रेस न्याय, समानता र अभिव्यक्ति स्वतन्त्रतामा कसैसित सम्झौता नगर्ने स्पस्ट पारे ।

कार्यक्रममा प्रेस युनियन पत्रकारिता पुरस्कार पत्रकारद्वय कविर राणा र समीरजंग शाहलाई संयुक्तरुपमा प्रदान गरिएको थियो । पुरस्कारको राशि ३५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।