७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


अनुदानको इन्डक्सन चुलो थन्किए, गोदामको भाडा तिर्न मुस्किल


26
Shares

विमानस्थलस्थित भन्सार कार्यालयको गोदाममा १० हजार थान र नेसनल ट्रेडिङको गोदाममा एक हजार तीन सय थान चुलो थन्किएका हुन् । कर र गोदामको भाडा भुक्तानीको समस्याले अनुदानका चुलो थन्किएका हुन् ।

संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको उपभोक्ता हित सम्बन्ध उपसमितिले अर्थ मन्त्रालयका कारण चिनियाँ अनुदानका चुलो थन्किएको निष्कर्ष निकालेको छ । अनुदानका सामग्रीमा कर उठाउने प्रणालीप्रति सांसद्ले आपत्तिसमेत जनाएका छन् ।

डेढ वर्षमा एउटामात्र बिक्री

चीनले अनुदानमा दिएको ११ हजार तीन सय इन्डक्सन चुलोमध्ये नेसनल ट्रेडिङले अहिलेसम्म एउटा मात्र बिक्री गरेको छ ।

केरुङ नाकाबाट आएको १ हजार तीन सय इन्डक्सनमा १ करोड २० लाख ४७ हजार रुपैयाँ लागत परेको आपूर्ति मन्त्रालयको भनाइ छ ।

गोदामको भाडा दुई करोड ३० लाख

अर्थ मन्त्रालयले चुलो आएको ५ महिनापछि कर तिर्ने रकम निकासा गरेपछि नेसनल ट्रेडिङले भन्सार कार्यालयलाई रकम त बुझायो तर सामान छुटाउन सकेन । त्यतिखेरसम्म गोदामको भाडा ८० लाख उठिसकेको थियो । त्यो रकम जुटाउन नेसनल ट्रेडिङलाई फेरि समस्या भयो । उसले भाडा मिनाहा गरिदिन बारम्बार पत्राचार गरेको हो ।

तर विमानस्थल प्रशासनले अहिलेसम्मको २ करोड ३० लाख भाडा तिर्न बिल पठाएको छ । –नयाँ पत्रिका दैनिकबाट