१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


बेलायती एक दम्पत्तिमाथि रसायन ‘नर्भ एजेन्ट’ बाट आक्रमण


0
Shares

काठमाडौं, असार २१ । बेलायतमा एक दम्पत्तिमाथि स्नायु प्रणालीलाई प्रभावित पार्ने रसायन ‘नर्भ एजेन्ट’ बाट आक्रमण भएको छ ।

चार्ली रोली र डाउन स्ट्रगसमाथि ‘नर्भ एजेन्ट’बाट आक्रमण भएको हो । उनीहरुलाई विल्टसरस्थित आफ्नो घरमा बेहोस अवस्थामा भेटिएको थियो ।

गम्भीर अवस्थामा फेला परेका उनीहरुलाई तत्काल अस्पतालमा भर्ना गरिएको छ ।

रुसी पूर्वजासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियाको हत्याको प्रयासका लागि प्रयोग भएको जस्तै ‘नर्भ एजेन्ट’ ती दम्पत्तिमा प्रयोग भएको बेलायती प्रहरीले जनाएको छ ।

बेलायती प्रहरीका प्रवक्ता नील बसुले रासायनिक हतियार विशेषज्ञले नै नर्भ एजेन्टको प्रयोग भएको पुष्टि गरेको जानकारी दिए ।

प्रहरीले यस्तो लक्ष्यण देखिएका अरु कोही पनि व्यक्ति अहिलेसम्म फेला नपरेको जनाएको छ ।

प्रहरीले घाइते दम्पत्तिका बारेमा अहिलेसम्म थप केही जानकारी पाउन नसकेको जनाएको छ ।

बेलायतका मुख्य चिकित्सा अधिकारी शैली डेविसले सामान्य व्यक्ति यसको चपेटामा पर्ने सम्भावना एकदम कम हुने बताएका छन् । (एजेन्सी)