Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आसेपासेमात्र लाभान्वित


0
Shares

काठमाडौं, फागुन ११ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सञ्चालित अनुदान आसेपासेले मात्रै पाउने गरेको एक सरकारी प्रतिवेदनले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको उक्त प्रतिवेदनअनुसार अनुदानबाट सञ्चालक समितिका पदाधिकारीका आसेपासेले मात्रै लाभान्वित हुने गरेको हो ।

मन्त्रालयका अनुसार परियोजनअन्तर्गत विभिन्न क्षेत्रमा निश्चित प्रतिशत अनुदानको व्यवस्था गरिएको छ ।

‘हाल कृषि उत्पादन सामाग्रीहरुमा ५० प्रतिशत, प्राविधिक सहयोगमा सय प्रतिशत, प्रयोगशाला सेवाहरुमा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणहरुमा ५० प्रतिशत, साना सिँचाइ पूर्वाधारहरुमा ८५ प्रतिशत, उत्पादन उप्रान्त तथा कृषि व्यवसाय सेवा पूर्वाधारमा ८५ प्रतिशत अनुदान व्यवस्था छ,’ प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना दस्तावेज सुधारसम्बन्धी अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘सञ्चालक समितिको निर्णयको आधारमा अनुदान वितरण हुने परिपाटीले पदाधिकारीहरु मात्रै लाभान्वित भएको देखिन्छ ।’ –कान्तिपुर दैनिकबाट

 

Skip This