७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


अपहरण काण्डमा सरकारी कर्मचारी संलग्न ! पत्रकारसहित दुईजना फरार


0
Shares

विष्टको नामको अनारमनी ४ मा रहेको कित्ता नम्बर १६९ र १७० को करिब ५ कट्ठा १६ धुर जमीन मिलोमतोमा जबर्जस्ती हडपेको आरोपमा भद्रपुर ७ बस्ने न्यौपानेसहित मेचीनगर ८ बाहुनडाँगीका भूपू कान्छा भनिने अजय राई र भद्रपुर ७ बस्ने व्यावसायी प्रेम न्यौपानेलाई प्रहरीले आइतबार राति जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापाका अनुसार जग्गाधनी विष्टले आफूलाई अपहरण गरी बन्धक बनाएर जमीन हडपेको भन्दै गत शुक्रबार प्रहरीमा किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको हो ।

उपरीक्षक थापाका अनुसार घटनामा संलग्न पत्रकारसहित दुई आरोपी फरार छन् । फरार अभियुक्तको नाम प्रहरीले सार्वजनिक गरेन । –कान्तिपुर दैनिकबाट