 
	    काठमाडौं, असार २१ । सरकारले निर्वाचन आचारसंहिता लागू भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा गएराति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गतेदेखि फागुन २ सम्म भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिलसिलामा निर्वाचन आचारसंहिता लागू भएको मिति २०७४ भदौ १४ गते यता विभिन्न प्राधिकरण, संस्थान, परिषद्, बोर्ड, समिति, कम्पनी ऐनको अन्य संगठित संस्थामा मन्त्रिपरिषद तथा मन्त्रीस्तरबाट भएका सबै किसिमका राजनीति नियुक्ति एवम् मनोनयन खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् सन्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।
यसैबीच संसद्मा पेश भएको राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिने निर्णय पनि सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकले विधेयक फिर्ता लिने र परिमार्जनसहित पुनः पेश गर्ने निर्णय गरेकोमन्त्री बास्कोटाले बताए ।
यसैगरी नेपाल–चीन व्यापार पारवहन सम्झौताको ‘प्रोटोकल’सम्बन्धी वार्तामा भाग लिन नौ सदस्यीय टोली बेइजिङ पठाउने निर्णय पनि सरकारले गरेको छ । सो टोलीलाई हस्ताक्षर गर्ने अख्तियारीसमेत दिइएको बताइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्