१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


छाउगोठमा सामूहिक बलात्कार


0
Shares

काठमाडौं, असार २१ । महिनावारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् ।

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीय किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति १२ बजेतिर चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । स्वास्थ्य संस्थामा किशोरीको उपचार भइरहेको छ ।

प्रहरीका अनुसार महिनावारी भएका दुई किशोरी छाउगोठमा सँगै सुतिरहेका थिए । तीमध्ये एकलाई राति १२ बजे छाउगोठबाट बाहिर निकालेर अर्कीमाथि बलात्कार भएको थियो । –नागरिक दैनिकबाट