७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


मधेसवादी ६ दलबीच एकताको तयारी


0
Shares

तमलोपा, सद्भावना पार्टी, रामसपा, तमसपा, फोरम गणतान्त्रिक, नेपाल सद्धावना पार्टीबीच सम्भवत वैशाखभित्रै एकता हुनेछ । पार्टीको नाम, चुनाव चिन्ह, झन्डा, नेतृत्वको वरीयता, एकीकृत पार्टीको विधान र दस्तावेजबारे छलफल तिव्र भएको छ । संघीय समाजवादी फोरम भने एकता प्रक्रियामा सामेल नहुने भएको छ ।

तमलोपा अध्यक्ष महन्त ठाकुरले पार्टी एकताका लागि शीर्ष नेताहरूको समन्वयमा दोस्रो तहका नेताहरूबीच छलफल भइरहेको जनाए ।

एकता सम्बन्धी छलफल गर्न नेताहरु शुक्रबार ठाकुर निवासमा जुट्दैछन् । –कान्तिपुर दैनिकबाट