६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ईपीजी प्रतिवेदन : मोदीलाई बुझाएपछि बल्ल ओलीको पालो


0
Shares

काठमाडौं, असार २१ । प्रवुद्ध व्यक्ति समूह (ईपीजी) का सदस्यहरुले साझा प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउने भएका छन् ।

त्यसपछि प्रधानमन्त्री केपी ओलीलाई बुझाउने उनीहरुको तयारी छ । भारतीय पक्षले मोदीसँग समय मिलाएपछि प्रधानमन्त्री ओलीको समय माग्ने एक सदस्यले जनाएका छन् ।

संयुक्त प्रतिवेदनमा सहमति भएलगत्तै यसको फाइनल प्रिन्ट निकाल्ने कार्यमा दिल्ली र काठमाडौंस्थित सचिवालय सक्रिय छ । प्रतिवेदनमा कुनै कानुनी सुधारको आवश्यकता भए नभएको हेरी दुवै तर्फका सदस्यहरुसँग छलफल गरेर अन्तिम टुंगो लगाउने काम भइरहेको छ । –कान्तिपुर दैनिकबाट