६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


यातायात कार्यालयबाट ८ बिचौलिया पक्राउ


0
Shares

काठमाडौं, असार २० । महानगरीय प्रहरी परिसर काठमाडौंले यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने ८ बिचौलियालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले यातायात व्यवस्था कार्यालय मोटरसाइकल शाखा गुर्जुधारामा सेवाग्राहीलाई दुःख दिने झापाका कृष्णप्रसाद थपलिया, अपार रिजाल, किरण देउला, भक्तपुरका गोपालकृष्ण श्रेष्ठ, ललितपुरका प्रकाश तण्डुकार, कन्चन राई, पवन तामाङ र काठमाडौंका बालकृष्ण खत्रीलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले सेवाग्राहीलाई सीधै कार्यालय जान नदिइ १० गुणा पैसा लिइ काम गरिदिने गरेको गुनासो गरेपछि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रवक्ता थापाकाअनुसार सेवाग्राहीलाई जबर्जस्ती तानिरहेको र कार्यालय जान अवरोध गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाविरुद्ध सार्वजनिक अपराधमा म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जनाएको छ । रासस