Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


वीरमा आयो अक्सिजन प्लान्ट


0
Shares

फाइल फोटो 

एक ठाउँबाट अन्य स्थानमा सजिलै सार्न सक्नेगरी कन्टेनरमा सबै उपकरण जडान भएको उक्त मेसिन रु दुई करोड ६६ लाखमा अस्पतालले खरिद गरेको हो ।

अस्पतालका निर्देशक डा.भूपेन्द्र बस्नेतले अन्य अस्पतालमा एक स्थानमा राखेपछि अन्यत्र सार्न नमिल्ने मेसिन भएको तर वीरमा ल्याइएको मेसिन भने आवश्यक परेमा अन्यत्रपनि सहज रुपमा सार्न मिल्ने पहिलो कन्टेनर मेसिन भएको जानकारी दिए ।

मेसिन ल्याएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने, सेवा पनि छिटो हुने उनले बताए ।

वीर अस्पतालमा दैनिक करिब एक सय सिलिन्डर अक्सिजन खपत हुने गरेको छ । त्यसका लागि प्रत्येक महिना रु १८ लाखसम्म खर्च हुने गरेको अस्पतालले जनाएको छ । ‘अब अस्पतालले आफै अक्सिजन प्लान्ट जडान गर्छ, यो प्लान्ट सुरु भएपछि वार्षिक रु एक करोडसम्म बचत हुन्छ, निर्देशक डा बस्नेतले भने –‘यो मेसिन प्रत्येक दिन १५१ सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ ।’

अस्पतालमा खपत भई बाँकी रहेका अक्सिजन सिलिन्डर बिक्री गर्नपनि सकिन्छ अस्पतालका प्रमुख प्राविधिक सुनिल श्रेष्ठले भने –‘अस्पतालकै अगाडि राखिएको मेसिन जडित कन्टेनरको अहिले प्राविधिक काम भइरहेकाले अबको हप्ता दिनमा यो सञ्चालनमा आउँछ ।’ रासस