६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


शुक्रबारदेखि शैक्षिक मेला


0
Shares

काठमाडौं, असार २० । आगामी शुक्रबारदेखि राजधानीमा शैक्षिक मेला सुरु हुँदैछ ।

कान्तिपुर पब्लिकेसन्सले राजधानीको भृकुटीमन्डपस्थित प्रदर्शनीहलमा यही असार २२ गते शुक्रबारदेखि २४ गतेसम्म तीन दिन ‘काठमान्डू पोस्ट एडु कोन’ शैक्षिक मेला आयोजना गर्न लागेको हो ।

राइज इभेन्टस्को सहकार्यमा हुन लागेको मेलामा स्वदेशी तथा विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरुको स्टल रहने जनाइएको छ ।

मेलाबाट स्नातक र स्नातकोत्तर तह अध्ययन गर्न चाहने विद्यार्थी लाभान्वित हुने आयोजकको भनाइ छ ।

१२ कक्षा र स्नातक सकाएका विद्यार्थीहरुलाई एउटै छानामुनि नेपालका उत्कृष्ट कलेजहरुको अवलोकन गर्न र यससम्बन्धी सबै कुराबारे जानकारी लिन सहज होस् भन्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई सहजै परामर्श दिन मेलामा परामर्शदाताहरुकोसमेत स्टल रहने जनाइएको छ । मेलाको द ब्रिटिस कलेज मेलाको मुख्य प्रायोजक रहेको छ ।