Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


नेकपाको कार्यदलले एक हप्ता समय माग्यो


0
Shares

काठमाडौं, फागुन ९ । सांगठनिक एकताको लागि गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले एकताको बाँकी काम टुंग्याउन सचिवालयसँग एक हप्ताको समय माग गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सचिवालयसहितको संयुक्त बैठकमा कार्यदलले थप एक हप्ताको समय माग गरेको हो । कार्यदलको मागप्रति सचिवालयले भने कुनै निर्णय लिएको छैन ।

शुक्रबार बस्ने बैठकले यसबारेमा निर्णय लिने बताइएको छ ।

कार्यदलले अपूर्ण प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएपछि सहमति जुटाउन शीर्ष तहमै छलफल भईरहेको छ । पार्टी एकतालाई अन्तिम टुंगो लगाउन गठन गरिएको कार्यदलमा देखिएको अन्तरविरोधले शीर्ष तह (सचिवालय) मा समेत प्रभाव पारेको छ । 

नेकपाभित्र केपी ओली समूहले पार्टी एकता टुंग्याउने विषयमा अनिच्छा देखाउन थालेको र एकतालाई टार्ने काम गरिरहेको आरोप अर्को पक्षले लगाएको छ । पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहालसमेत केपी ओलीबाट टाढिन थालेपछि ओली समूहले एकता प्रक्रियालाई लम्ब्याउने रणनीति बनाएको स्रोतको दाबी छ ।