११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


श्रमिकहरुको न्यूनतम् पारिश्रमिक २० हजार पुर्‍याउनुपर्नेमा जोड


0
Shares

काठमाडौं, असार २० । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकहरुको न्यूनतम् पारिश्रमिक लागू गराउनुपर्ने जनाएको छ ।

बुधबार राजधानीमा युनियनका पदाधिकारीले सम्मानजनक जीवनयापनका लागि न्यूनतम् तलब आवश्यक रहेको भन्दै सरकार व्यवसायीहरुको दबाबमा पर्नसक्ने भएकाले युनियनहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

सो युनियनका अध्यक्ष पुष्कर आचार्यले कम्युनिस्ट सरकार श्रमिककोभन्दा पनि व्यवसायीको पक्षमा उभिने सम्भावना रहेकाले यसप्रति सचेत भइ दबाब दिनुपर्ने बताए ।

श्रमिकहरुको न्यूनतम् पारिश्रमिक मासिक २० हजार रुपैयाँ पुर्‍याउनुपर्नेमा नेपालका सबै ट्रेड युनियन एकमत देखिएका छन् ।

संयुक्त ट्रेड युनियन समन्वयन परिषदको गत असार १२ गतेको बैठकले पनि न्यूनतम् पारिश्रमिक २० हजार पुर्‍याउने निर्णय गरेको थियो ।

तर, नेपाल उद्योग वाणिज्य महासंघ भने आगामी साउनबाटै यसलाई लागू गर्ने पक्षमा सहमत देखिएको छैन ।