काठमाडौं, फागुन ९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले पार्टी एकताका लागि सहमति जुटाउन गठन गरेको कार्यदलसँग आज छलफल गर्दैछ । कार्यदलले अपूर्ण प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएपछि सहमति जुटाउन शीर्ष तहमै छलफल भईरहेको छ ।
यसैको लागि आज सचिवालय र कार्यदलको संयुक्त बैठक डाकिएको हो । तर पार्टीको शीर्ष तहमा नयाँ अन्तरविरोध देखा परेकोले आज पनि सहमति निस्कनेमा भने शंका छ । पार्टी एकतालाई अन्तिम टुंगो लगाउन गठन गरिएको कार्यदलमा देखिएको अन्तरविरोधले शीर्ष तह (सचिवालय) मा समेत प्रभाव पारेको छ ।
नेकपाभित्र केपी ओली समूहले पार्टी एकता टुंग्याउने विषयमा अनिच्छा देखाउन थालेको र एकतालाई टार्ने काम गरिरहेको आरोप अर्को पक्षले लगाएको छ । पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहालसमेत केपी ओलीबाट टाढिन थालेपछि ओली समूहले एकता प्रक्रियालाई लम्ब्याउने रणनीति बनाएको स्रोतको दाबी छ ।









प्रतिक्रिया दिनुहोस्