फाइल फोटो
थाइल्यान्डमा नियमित उपचार गरी बिहीबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले निर्वाचनमा अड्को थाप्ने र निर्वाचनसँग असम्बन्धित विषय अघि सारेर अल्मल्याउने काम गर्न नहुने जनाउँदै तोकिएको समयमा एकै चरणमा निर्वाचन हुनुपर्ने अडान दोहोर्याए ।
सरकारले संविधान संशोधनको नयाँ विधेयक एक साताअघि व्यवस्थापिका–संसदमा दर्ता गरेको थियो ।
अध्यक्ष ओलीले भने–‘वैशाख ३१ गतेको स्थानीय निर्वाचन हुन्छ भन्नेमा ‘बट र इफ’ भन्ने हुँदैन । यो लोकतन्त्रका लागि भात खानुजस्तै हो । यसमा सबैले भाग लिएर जनताकाबीचमा निर्वाध आफ्ना कुरा राख्न म आग्रह गर्दछु ।’
दुई चरणमा स्थानीय निर्वाचनको सम्भावनाबारे सोधिएको प्रश्नमा उनको जवाफ थियो–‘दुई चरणमा त हुन्छ, अहिले स्थानीयको हुन्छ, कात्तिकमा प्रदेशको हुन्छ ।’
विभिन्न मधेसी दल आपसमा एकीकरण हुनु सकारात्मककार्य हो भन्दै उनले पार्टी निर्वाचनको घोषणापत्र जारी र उम्मेदवार चयनको अन्तिम प्रक्रियामा रहेको पनि उल्लेख गरे ।
ओलीले स्वास्थ्य परीक्षणकाक्रममा चिकित्सकको सुझावअनुसार आफ्नो हर्नियाको शल्यक्रिया गरिएको र त्यो सफल भएको बताए ।
अध्यक्ष ओलीलाई पार्टीका उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङलगायतले स्वागत गरेका थिए । रासस





प्रतिक्रिया दिनुहोस्