अनिल तिवारी (इमेज)
वीरगन्ज, फागुन ८ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस कसैको पुर्ख्योली सम्पति नभएको भन्दै कोइरालाहरु भन्दैमा पार्टीमा हैसियत नपाइने बताएका छन् ।
बुधबार वीरगन्जमा पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ‘आफूहरुले टाउको फोरेर स्थापित गरेको पार्टीमा केही व्यक्तिहरुले बाउ–बाजेको नामका आधारमा हैसियत खोजको’ आरोप लगाए ।
पार्टी महामन्त्री डा. शशांक कोइरालाप्रति संकेत गर्दै देउवाले पार्टीमा कुनै योगदान नै नगरेका व्यक्तिले जे पायो त्यही बोल्दै हिँडेको आरोपसमेत लगाए ।
पार्टीविरुद्ध जे पायो त्यही बोल्दै हिँड्नेहरुमाथि कारबाही गर्ने चेतावनीपनि उनले दिए ।
कार्यक्रममा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य अजय चौरसिया, फरमुल्लाह मन्सुर, गगन थापा, सुरेन्द्र चौधरी, रमेश रिजाललगायतले सम्बोधन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्