Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


संघ र प्रदेशबीच कुनै विवाद छैन : मन्त्री ढकाल


0
Shares

बुटवल, फागुन ८ । संघीय सरकारका कानुन मन्त्री भानुभक्त ढकालले संघको प्रतिनिधित्वमा प्रमुख जिल्ला अधिकारी रहने बताएका छन् ।

बुटवलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री ढकालले प्रदेश र संघको बीचमा कुनै पनि विवाद नभएको भन्दै उनले प्रदेशको गृह मन्त्रालय र संघको प्रतिनिधित्वको रुपमा प्रमुख जिल्ला अधिकारी नै रहने बताए । प्रमुख जिल्ला अधिकारी मुख्यतः नागरिकता, पासपोर्ट, सिमा सुरक्षा र वैदेशिक मुद्रासँग जवाफदेही हुने भएकाले प्रमुख जिल्ला अधिकारीलाई संघ कै माताहातमा राख्ने उनको भनाइ छ । अन्य सवै विषयमा भने प्रमुख जिल्ला अधिकारी पनि प्रदेशको मातहतमा रहने उनले बताए ।

मन्त्री ढकालले कानुन निर्माण गर्ने सन्र्दभमा संघ र प्रदेशको बीचमा कुनै पनि दुरी नभएको बताए । संघले कानुन निर्माण समयमै नगर्दा प्रदेश र स्थानीय तहको बीचमा केही अप्ठ्यारो भएको भन्दै त्यसका लागि सरकारले जिम्मेवारी लिने उनले बताए ।

उनले प्रदेश सरकारले बिदा घोषणा गरेको समयमा संघ अन्तर्गतका कार्यालयहरुमा पनि बिदा नै गर्ने गरी कार्य अगाडी बढेको बताए ।