
युगान्डाका एक चिनी कारखानामा सुपरभाइजरको रुपमा कार्यरत भोजपुर सलमा नौ केउरेनीपानीका पोष्ट बहादुर बुढाथोकीको हत्या भएको हो ।
कामदारको आक्रमणबाट पोष्टबहादुरको हत्या भएको गैरआवसीय संघ युगान्डाका अध्यक्ष रमेश कडेले बताए ।
चोरी आरोपमा पक्राउ एक कामदारले बुढाथोकीमाथि सांघातिक आक्रमण गरेका थिए ।
बुढाथोकीको शव नेपाल पठाउने आवश्यक व्यवस्थाका लागि इजिप्टस्थित नेपाली दूतावाससँग सम्पर्कमा रहेको कडेलले बताए । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्