२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


विश्व औलो दिवस : ‘सदाका लागि औलोको अन्त्य गरौं’


0
Shares

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मंगलबार (आज) काठमाडौंमा एक कार्यक्रम गरी नेपाललाई सन् २०२५ सम्म औलोमुक्त देश बनाउने घोषणा गरेको छ ।

औलोमुक्त देश बनाउनका लागि औलोको जोखिममा रहेको समाज तथा त्यस क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई रोग तथा औषधिबारे जानकारी तथा क्षमता अभिवृद्धि गरिने भएको छ ।

औलोका रोगीको संख्यामा कमी ल्याउन ९० प्रतिशत स्थानमा लामखुट्टे नियन्त्रणका लागि पहल थालिने महाशाखाले जनाएको छ ।