Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


नेपाल रेसक्रस सोसाइटीद्वारा भूकम्पपछि आफूले गरेका कामको विवरण सार्वजनिक


0
Shares

सोसाइटीले मंगलबार काठमाडौंमा कार्यक्रम गरी दुई वर्षसम्म गरेका कामको विवरण सार्वजनिक गरेको हो ।

रेडक्रस सोसाइटीले रेडक्रस अभियानको सहयोगमा एकीकृत पुनर्लाभ कार्यढाँचा तयार पारेको जारी प्रतिवेदनमा उल्लेख छ ।

रेडक्रसले भूकम्पले क्षति गरेका ७ जिल्लामा कुल ७ हजार निजी आवास निमार्ण गर्न सरकारसँग सम्झौता गरकोमा हालसम्ममा ६ हजार ३ सय ७५ परिवारले पहिलो किस्ता पाइसकेको र त्यसमध्ये ८ सय १ परिवारले दोस्रो किस्ताबापत रु एक लाख ५० हजारकादरले १२ करोड १५ लाख रकम बुझिसकेका र ५ सय ६८ घर निर्माण गरिसकेको जनाएको छ ।

नेपाल रेडक्रसका साझेदारहरुले प्रतिकार्य र एकीकृत कार्यक्रमका लागि ७ अर्ब ७१ करोड ९६ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जसअनुसार सन् २०१७ को मार्चसम्ममा ३ अर्ब ३६ करोड ५४ लाख प्राप्त भइ २ अर्ब ८६ करोड १४ लाख खर्च भइसकेको जनाइएको छ ।