२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


प्रदेश–४ को नाम ‘गन्डकी’ हुने लगभग पक्का


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, असार २० । प्रदेश नम्बर–४ को नाम ‘गन्डकी’ राख्ने लगभग पक्का भएको छ ।

सत्तारुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार बसेको बैठकले गन्डकी नाम राख्ने सहमति गरेको हो ।

लामो छलफल र बहसपछि नेकपाका प्रदेशसभा सदस्यहरुबीच गन्डकी नाम राख्ने विषयमा सहमति जुटेको बताइएको छ । यद्यपि, विपक्षी दलहरुले भने आ–आफ्नै नाम अघि सारेका छन् ।

नामाकरणका विषयमा सत्तापक्षकै प्रदेशसभा सदस्यबीच मतभेद हुँदा मंगलबारको प्रदेशसभा बैठक स्थगित भएको थियो ।

प्रदेश नामाकरणको विषय आगामी प्रदेशसभा बैठकबाट पारित हुने सम्भावना रहेको छ ।