Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


अमेरिकाले दक्षिण कोरियामा लगेको मिसाइल केही दिनमै सक्रिय


0
Shares

अमेरिकी कंग्रेसका सदस्यलाई विशेष जानकारी गराउँदै अमेरिकी प्यासिफिक कमाण्डका कमाण्डर एडम ह्यारी ह्यारीसले उत्तर कोरियाको बढ्दो चुनौति विरुद्ध दक्षिण कोरियालाई सशक्त रक्षा गर्न थाड प्रणाली केही दिनमा सञ्चालन गरिने जानकारी दिए ।

उनले थाड प्रणाली उत्तर कोरियाली नेता किम जोङ उनलाई सबक सिकाउने गरि तयार पारिएको समेत गरेका छन् ।

थाड प्रणाली सन् २०१७ को अन्त्य तिर मात्र प्रयोग गरिने अनुमान गरिएको थियो । धेरै दक्षिण कोरियाली आफूहरु निशानामा पर्ने भन्दै यसको विपक्षमा छन् ।

कोरियाली प्रायद्विपमा तनाब बढिरहेका बेला अमेरिकाले उत्तर कोरिया विरुद्धको आर्थिक नाकाबन्दी थप कडा बनाउने समेत जनाएको छ ।

उत्तर कोरियालले थप मिसाइल र आणविक परिक्षण गर्ने जनाएको छ ।

उत्तर कोरियाको एक मात्र सहयोगी चीनले भने युद्धको अवस्था आउन सक्ने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । (एजेन्सी)