Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


अमेरिकी राष्ट्रपतिविरुद्ध बेलायतमा व्यापक प्रदर्शन


0
Shares

बेलायतस्थित अमेरिकी राजदूतावास बाहिर भेला भएर अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन् । ट्रम्पले सत्ता सम्हालेको एक सय दिन मानव अधिकारका दृष्टिकोणले सन्तोषजनक नभएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

प्रदर्शनकारी अमेरिकी राजदूतावास बाहिर करिब आधा घण्टा एक हातमा मशाल लिई अर्को हातमा ‘शरणार्थीको स्वागत गर’, ‘शरणर्थीमाथि प्रतिबन्ध नलगाऊ’ वा ‘पर्खाल नलगाऊ’ भन्ने भावका नारा लेखिएका प्लेकार्ड बोकी मौन प्रदर्शन गरेका हुन् ।

एम्नेष्टी इन्टरनेसनलको आयोजनामा भएको प्रदर्शनमा अधिकारकर्मीहरुले ट्रम्पको एक सय दिनको कार्यकालमा मानवअधिकार उल्लंघन हुने गरी धेरै काम भएको आरोप लगाएका छन् ।

एम्नेष्टीले यसै हप्ता एक सय दिन पुगेको ट्रम्प प्रशासनले लिएका केही मुशलमान मुलुकलाई लक्षित गरी आएको भ्रमणमा प्रतिबन्ध, मेक्सिकोको सिमाक्षेत्रमा बार लगाउने लगायत कैयौं निर्णयको आलोचना गर्दै आएको छ । (एजेन्सी)