८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


चिकित्सकले उपहार लिएको पाइए दर्ता अनुमति खारेज हुने


0
Shares

डाक्टरले के लिने/नलिने, पुर्जामा कस्तो औषधि कसरी लेख्ने लगायत पक्ष समेटेर तयार पारेको आचार संहिता २०७३ स्वास्थ्यमन्त्री गगन थापाले आइतबार प्रमाणीकरण गरेपछि लागू भएको हो । स्वास्थ्यमन्त्रीका कानुनी सल्लाहकार राजु कटुवालका अनुसार संहिता विपरीत काम गर्नेलाई अब कानुनी रुपमै कारबाही गर्न सकिन्छ ।

नयाँ प्रावधान अनुसार आचारसंहिता उल्लंघन गर्ने डाक्टरको दर्ता खारेजसमेत हुन सक्छ । डाक्टरले कुनै औषधिलगायत कम्पनीबाट पनि बहानामा व्यक्तिगत, पारिवारिक प्रयोजनका लागि आर्थिक, वा अन्य उपहार स्वीकार गर्नु आचारसंहिताविपरीत मानिनेछ । –कान्तिपुर दैनिकबाट