Logo १२ चैत्र २०८२, बिहिबार | Fri Mar 27 2026


भूकम्प गएको दुई वर्षपछि लाङटाङमा स्वास्थ्य सेवा सुरु


0
Shares

दुई वर्षसम्म स्वास्थ्य सेवाबाट वञ्चित लाङटाङका बासिन्दाले संस्थामार्फत स्वास्थ्यकर्मीको तलव भत्ता बेहोर्ने गरी स्वास्थ्य सेवा सञ्चालन गर्न भवन निर्माण गरेर जिल्ला स्वास्थ्य कार्यालयलाई उपलव्ध गराएपछि स्वास्थ्य सेवा सुरु गरिएको हो ।

भूकम्पसँगै आएको हिउँपहिरोले स्वास्थ्य चौकीमा पूर्ण क्षति पुग्नुको साथै पाँच जना स्वास्थ्यकर्मीको समेत ज्यान गएपछि सुरक्षाको कारण देखाउँदै सरकारी स्वास्थकर्मी जान आनाकानी गरेकाले स्थानीयले छुट्टै स्वास्थ्यकर्मी राखेर सेवा सञ्चालनमा ल्याएका हुन् ।

१ सय १६ घरधुरी बसोवास रहेको लाङटाङमा बिरामी भएमा सिधै हेलिकोप्टर चार्टर्ड गरेर काठमाडौं लैजानुपर्ने बाध्यता थियो ।

लाङटाङ क्षेत्रको पदमार्गमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई समेत लक्षित गरी समुदायले आवश्यक औषधि र स्वास्थ्यकर्मी उपलब्ध गराएकोे स्वास्थ्यकर्मी सिमा चौधरीले बताए ।