
चितवन । नवलपुरको गैंडाकोटका महिला लोप हुँदै जान लागेको नौमती बाजा संरक्षणमा जुटेका छन् ।
विगतमा पुरूषले मात्रै बजाउने बाजा अहिले महिलाले नै बजाउन थालेका हुन् । उनीहरूले धौलागिरी नौमती बाजा समूह गठन गरेर बाजाको संरक्षणमा लागेको बताएका छन् ।
२०७० सालमा गठन गरेको समूहलाई विवाहको लगन भएका बेला भ्याइनभ्याई हुने गरेको छ ।
गाउने, नाच्ने र बजाउने गरी १७ जनाको समूह बनाएर विवाहमा जाने गरेको समूहकी सदस्य शान्ति गुरूङले बताइन् ।
सुरुको चरणमा सिक्न समस्या भए पनि बिस्तारै बानी पर्ने भएकाले अबको पुस्तालाई भने सिक्न समस्या नहुने उनले बताइन् ।
कुनै समय महिलाले बजाउन हुँदैन भन्ने बाजा अहिले महिलाले नै बजाएर संरक्षण गरिरहेको उदाहरण देखाउन पाउँदा गर्व लागेको समूहका महिलाहरुको भनाइ छ ।
कर्नाल, नरसिंङ्गा र सहनाईँ बाहेक सबै बाजा महिलाले पनि सहजै बजाउन सक्ने उनीहरु बताउँछन् ।
संस्कृति संरक्षणसँगै समूहबाट आम्दानी गर्नसमेत सजिलो भएको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्