कार्यालयले सबै मतदान केन्द्रमा मतदान अधिकृतसहितको कर्मचारीको समूहलाई खटाई आवश्यक सामाग्रीसमेत जिम्मा लगाएको जनाएको छ ।
सबै कर्मचारी आ–आफ्नो मतदान केन्द्रमा पुगेर निर्वाचन सामग्री बुझिरहेका छन् ।
उनीहरुले मतपत्रबाहेक ६४ प्रकारका सामग्री बुझेको जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिकारी सच्युतराज उप्रेतीले जानकारी दिए ।
निर्वाचन आयोगको तालिका अनुसार यही वैशाख २८ देखि ३० गतेसम्म मतदातालाई सम्बन्धित मतदान केन्द्रबाट परिचयपत्र वितरण गरिने कार्यक्रम छ । दोलखामा ९४ स्थानमा १ सय ७८ वटा मतदान केन्द्र तोकिएको छ ।




प्रतिक्रिया दिनुहोस्