८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


निर्वाचनलगत्तै मतगणना गरिने


0
Shares

‘वैशाख ३१ गते निर्वाचन सकिएर मतदानस्थलमा मतपेटिका पुगेपछि मतगणना सुरु हुन्छ,’ निर्वाचन आयुक्त नरेन्द्र दाहालले भने । स्थानीय तह निर्वाचन ऐनमा मतदान अधिकृतले गाउँपालिका/नगरपालिकाका वडाभित्रका सबै मतदानकेन्द्रका मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरेपछि मतगणना कार्य सुरु गर्नेछ’ भन्ने व्यवस्था छ । ‘निर्वाचन ऐनको व्यवस्थाअनुसार मतगणना हुन्छ,’ आयुक्त दाहालले भने ।

आयोगले वैशाख ३१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदानलगत्तै मतदान अधिकृतसमक्ष मतपेटिका पुर्‍याउनुपर्छ । ‘साँझ ५ बजेसम्म मतदानको समय तोकिए पनि ५ बजेसम्म लाममा बसेकालाई मतदान गर्न दिने भएकाले थप समय लाग्न सक्छ,’ आयोगका एक अधिकृतले भने, ‘निर्वाचनका कारण दिनभरिको थकाइ, मतपेटिका संकलन, गणना गर्ने स्थल छनोटलगायत प्राविधिक काम गर्नुपर्ने भएकाले जेठ १ गतेबाट सबै ठाउँमा गणना हुनसक्ने देखिन्छ । तर कुनै स्थानमा ३१ गतेको रातिबाट पनि मतगणना सुरु गर्न सकिन्छ ।’

प्रमुख विपक्षी एमालेले मतपेटिकाको सुरक्षाको प्रश्न उठाइरहेका बेला आयोगले मतदानलगत्तै मतगणना गर्ने जनाएको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट